आज:  | Sun, 05, May, 2024

धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव सम्पन्न, अस्पताललाई १०० शैयाको बनाईने :मुख्यमन्त्रि जम्कट्टेल

२६ मंसिर २०८०, मंगलवार १९:४५ मा प्रकाशित ( ४ महिना अघि) ३६९ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

धादिङ २६ मंसिर ।

धादिङ अस्पतालको ४७ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । उत्सव समारोहको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले गर्नु भएको हो । अस्पताललाई छिट्टै १०० शैयाको बनाईने मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको भनाई रहेको छ ।

धादिङ अस्पतालको  वार्षिक उत्सवलाई संवोधन गर्नु हुदै मुख्य मन्त्रि कट्टेलले सो कुरा बताउनु भएको हो ।  वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रमबाट विशिष्टीकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गरेको अस्पतालले जनाएको छ

अस्पतालको ४७ औं वार्षिक उत्सव समारोहमा प्रमुख अतिथीको रुपमा आज धादिङ आउनु भएका मुख्यमन्त्री कट्टेलले कार्यक्रमलाई संवोधन गर्नु हुदै धादिङ अस्पताललाई प्रदेशकै नमुना अस्पतालको रुपमा बिकास गर्न स्तरोन्नति भैरहेको बताउनु भयो ।

अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष राजाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका सांसद गोविन्द प्रशाद लम्शाल,समानुपातिक सांषद मायादेवी शर्माको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा धादिङका प्रमख जिल्ला अधिकारी बद्रीनाथ गैरे,प्रहरी उपरिक्षक गौतम मिश्र,विभिन्न गाउँपालिकाका प्रमुखहरु,पुर्व अध्यक्ष नन्दप्रशाद रिजाल,संन्चारकर्मीहरु,गैर सरकारी संस्थाका प्रमुख एवं् प्रतिनिधीहरु,जिल्लाका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो

त्यसैगरी वार्षिक उत्सवको अवसरमा अस्पतालले मंसिर २४ गते रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जना पुरुष र १३ जना महिला गरी ३५ जनाले रक्तदान गरेको जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%२%५%

प्रतिक्रिया दिनुहोस