आज:  | Mon, 20, May, 2024

नेपाली काँग्रेसले आजैदेखी आगमी चुनाबको चिन्ता गर्नु भन्दापनि जनतामा राम्रो काम गरेर देखाउनु पर्ने : गगन थापा

७ पुष २०८०, शनिबार ०७:२१ मा प्रकाशित ( ४ महिना अघि) २६७ पाठक संख्या
नारी बाटिका


उदयपुर ७ पुस ।

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काँगे्रसले आजैदेखी आगमी चुनाबको चिन्ता गर्नु भन्दापनि जनतामा राम्रो काम गरेर देखाउनु पर्ने बताउनु भएको छ । सुक्रबार उदयपुर जिल्ला नेपाली काँगे्रस पार्टीको कटारीमा आयोजित प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्नु हुदै महामन्त्री थापाले सो कुरा बताउनु भएको हो ।

यतिबेला नेपाली जनताको आयश्यकता के हो ? देशको मलभुत समस्या के हो ? भन्ेने तर्फ पार्टीले सोच्नु पर्ने समय आएको बताउनु भएको छ । उहाँले अन्य पार्टीका नेताहरुले जस्तो देशको मुलभुत समस्यामा कुनै चिन्ता नराखी ०८४ को चुनावी चिन्ता गर्दै हिड्ने काम गरे जस्तो नेपाली काँगे्रसले गर्न नहुने बताउनु भएको छ ।

पहिला त समग्र नेपाली नागरिकको हितका निमित्त पार्टीले के काम गर्ने ? भनेर सोच्नु पर्छ भन्दै महामन्त्री थापाले २०८० देखि ८३ सम्मको ४ वर्षे अवधिमा काँग्रेसले कुरा होइन, काम गरेर देखाउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले पछिल्लो समयमा देशमा बढ्दै गएको खर्च भारकै कारण सङ्घीयता धरापमा पर्ने कुरामा कसैलाई शङ्का नगर्न पनि आग्रह गर्नु भयो ।

यतिबेला चारैतिर आर्थिक अनुशासनहीनता समेत बढेको देखिएकाले संघ, प्रदेश र स्थानीय तहले मितव्ययिता अपनाउनु पर्नेमा उहाँको जोड थियो । त्यसैगरी सहमहामन्त्री भीष्मराज आङदम्बेले पहिचानको मुद्दा पेचिलो भइरहेकाले आफ्नो भूगोल, पहिचान र धर्मप्रति सबैको लगाव हुनु स्वभाविक भएको उल्लेख गर्नु भएको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्मका सरकारले भौतिक विकासमा मात्र बजेट छुट्टाउँदै आएको तर आफु मुख्यमन्त्री भएपछि मानवीय विकासमा काम गर्न लागिएको बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस