आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी मन्त्रीलाई बाहिर निकालेर गाडीमा आगो लगाए

२०८० पौष १३, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १२६०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ पुस ।

आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ । प्रदर्शनकारीले मन्त्रि ज्वालालाई बालकुमारीमा बाहिर निकालेर उनी चढेको गाडीमा आगो लगाएका छन् । दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने परीक्षा रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भएको थियो ।

पार्टीको बैठकमा सहभागी हुन बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा चढेर जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्णरूपमा ध्वस्त भएको छ ।

सुक्रबार इपिएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेका युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक समेत अवरुद्ध भएको छ। अहिले त्यस क्षेत्रमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस