आज:  | Mon, 20, May, 2024

रास्वपाका उपसभापती तथा प्रतिनिधिसभा सदस्य डी.पी अर्यालद्वारा सार्वजनिक सुनुवाइ

१३ पुष २०८०, शुक्रबार १९:४२ मा प्रकाशित ( ४ महिना अघि) १८५ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

नारी वाटिका डट्कम संवाददाता

धादिङ १३ पौष ।

जनप्रतिनिधीको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले धादिङमा पहिलो पटक सार्वजनिक सुनुवाइ गरेका छन् । सुक्रबार धादिङबेसीमा सार्वजनिक सुनुवाईलाई गर्दै अर्यालले जनप्रतिनिधी भनेको सबैको साझा प्रतिनिधी हो निर्बाचित भएर आईसकेपछी आफुले गरेका कामको बारेमा जनतामा जानकारी दिन आबश्यक रहेको बताएका छन् ।

‘यो कार्यक्रम नितान्त जनप्रतिनिधिको कार्यक्रम हो, कुनै पार्टीसँग सम्बन्धित होइन,’ उहाँको भनाइ रहेको छ । जनप्रतिनिधि सबैको साझा हुने भएकाले सो कार्यक्रममा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने बताउनु भएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले मा श्री ५ वायु गुठीको समस्या समाधानको लागि के गर्न सक्छ ? मालपोत कार्यालयमा विचौलियाहरुको बिगबिगी बढेको, वीमा गरेअनुसारको औषधिहरु अस्पतालबाट नपाउने गरेको, शिक्षा नितिमा सुधार नभएकै कारण युवाहरु विदेश पलाएन हुने क्रम बढेकोले शिक्षा नितिमा सुधार गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।

यसैगरी अर्यालले एउटै प्लेटफर्मबाट एउटै समयमा प्रश्नहरू सोध्न, सुझाव दिन पाइने भएकाले सम्पूर्ण धादिङवासीलाई कार्यक्रमका लागि आमन्त्रण गरिएको बताउनु भएको छ । नागरिकका चासो, गुनासा र सुझावमा सरकोरावालाले जबाफ दिने सकारात्मक अभ्यासलाई संस्थागत गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ रहेको थियो ।

कार्यक्रममा जिल्लास्थित सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,संन्चारकर्मीहरु जनप्रतिनिधी लगायतको सहभागिता रहेको थियो । नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जबाफ दिएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस