आज:  | Mon, 20, May, 2024

सुक्रबार भएको बालकुमारी घटनामा गोली चलाउन आदेश दिने र मन्त्रीका पिएसओ दुबै निलम्बन

१४ पुष २०८०, शनिबार १४:३३ मा प्रकाशित ( ४ महिना अघि) ५२० पाठक संख्या
नारी बाटिका


काठमाडौं १४ पुस ।

पुस १३ सुक्रबार भएको बालकुमारी घटनामा गोली चलाउनको लागी आदेश दिने र मन्त्रीका पिएसओ दुबै जनालाई निलम्बन गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान गएको घटनामा प्रहरीको गल्ती भएको औंल्याउदै गल्ति गर्नेलाई निलम्बन गरिने बताउनु भएको छ ।

आज मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रममा प्रचण्डले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेको र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी गलत छन् । साथै घटनाको विषय परिस्थिति अड्कल गर्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको बताउनु भयो ।

उहाँले हिजो घटना हुँदा म दोलखामा थिएँ। आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्‍ने काम भयो। उक्त घटनामा भएको कमजोरी प्रति राजनीतिक कदम पनि चालिसकिएको छ। मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ। गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ।ु

उक्त घटनामा मृत्यु भएका परिवारबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको पनि उहाँले जानकारी दिनु भयो। साथै अदालतको फैसलाले इपिएस कार्यालयले १८ जनालाई मात्रै परीक्षा दिन दिने र अरूलाई नदिने भन्न खोजेको होइन भन्ने आफूले बुझेको उहाँको भनाई छ ।

वैदेशिक रोजगारको विषयमा सरकार र सबै पक्ष संवेदशील रहेको र यसलाई व्‍यवस्थित गर्दै लैजाने पनि प्रचण्डको भनाई छ ।हिजो बालकुमारी क्षेत्रमा प्रदर्शन हुँदा अन्नधुन्न रुपमा प्रहरीले गोलीचलाउँदा गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%१%१%

प्रतिक्रिया दिनुहोस