
नारी बाटिका
काठमाडौं २० पुस ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार आज दिउँसो कोशी,बागमती, गण्डकी र केर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै आज राती कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागको एक( दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस