आज:  | Mon, 20, May, 2024

राष्ट्रियसभा निर्बाचनमा सत्ता गठबन्धनका चार दलबीच भागबण्डाको कुरो टुंगियो

२२ पुष २०८०, आईतवार १३:४७ मा प्रकाशित ( ४ महिना अघि) १८५ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ पुस ।

राष्ट्रियसभा निर्बाचनमा सिट बाँडफाँडका लागी सत्ता गठबन्धनका चार दलबीच भागबण्डाको कुरो टुंगिएको छ । सत्तारुढ चार दलका बिचमा राष्ट्रियसभा निर्वाचनको सीट मिलाउने कुरोमा सहमती भई टुंगो लगाएका छन्।

आज बिहान बसेको चार दलको बैठकले सीट भागबण्डा गरी कुन दलले कति सिट लिने ? भन्ने विषयमा टुंगो लगाएको हो। सत्तारुढ चार दलका बिचमा भएको सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ।

त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने, एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको हो भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनु भयो।

गठबन्धनका अन्य तीन दललाई भने सिटको भाग छुट्याइएको छैनन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा पार्टी सम्मिलत छन् । उनीहरुले एक एक सीट पाउनु पर्ने दाबी गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजै बोलाएको छ। बैठक आईतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनु भयो ।

सत्तागठ बन्धनको बैठकका कारण कांग्रेसले शनिबार बस्ने भनिएको बैठक स्थगित गरी सिट भागबण्डाको टुंगो लगाएपछि आईतबारलाई लाई तय गरिएको हो। बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने मुख्य सचिव पौडेलले बताउनु भयो।

कांग्रेसको शेखर कोइराला समूहले चार सीट आफ्नो पक्षले पाउनु पर्ने दावी गरेका छन् । यस्तै माओवादी केन्द्रले पनि राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ।

गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस