आज:  | Mon, 20, May, 2024

पार्टी नेतृत्वले ईमान्दारिता पूर्वक आफ्नो निर्णय कार्यान्वयन गर्न नेता केसीको अनुरोध

२२ पुष २०८०, आईतवार १९:०९ मा प्रकाशित ( ४ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ पुस ।

नेपाली काग्रेसका पार्टी नेतृत्वले ईमान्दारिता पूर्वक आफ्नो निर्णय कार्यान्वयन गर्न नेता जगदिश्वर नर्सिङ केसीले अनुरोध गर्नु भएको छ । सामाजिक संन्जालमा आफ्नो बिचार पोष्ट गर्दै उहाँले आज बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले हालै पुष १५ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय (निर्णय नं(२लाई ईमान्दारिता पूर्वक कार्यान्वयन गर्नु नेता केसीले अनुरोध भएको हो ।

यसै पुस १५ गते पार्टी केन्द्रीय समितिको बैठकमा भएको निर्णय नं(२ः

“नेपाली कांग्रेसले उम्मेदवार प्रस्तुत गर्दा विधानको धारा ३२(९) बमोजिम प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरु मध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्याउन सक्ने क्षमता भएका, पार्टी प्रति प्रतिवध्द स्वच्छ छवि भएका हालसम्म कुनैपनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय ब्यक्तिलाई प्राथमिकता दिने।” भन्ने लेखिएको छ ।

साथै उहाँले यसको अर्थ ,

नेपाली कांग्रेसले उम्मेदवार निर्धारण गर्दा (१) प्रदेश कार्यसमितिले सिफारिस भई आएका नामहरु बाहेकका कोही पर्ने छैनन् । यस्तै २.)एकल जातीय मात्र पर्ने छैनन (३) पार्टीमा योगदान नगरेका कोही पर्ने छैनन् (४) संसदीय क्षेत्रमा योगदान पुर्याउन नसक्ने कोही पर्ने छैनन् , (५) पार्टी प्रति अप्रतिवध्द आउने छैनन् ।

यस्तै (६) स्वच्छ छवि नभएकाले मौका पाउने छैनन् (७) यसअघि कुनैपनि अवसर पाइसकेकाले फेरी मौका पाउने छैनन् । १ पुनश्चः केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको पुष १५ को निर्णयको पूर्ण सम्मान गर्न (कुनैपनि दृष्टिले अपमान नगर्न) केन्द्रीय कार्यसम्पादन समितिलाई विनम्र अनुरोध छ। आज बसेको पार्टीको कार्य सम्पादन बैठकलाई उद्धित गर्दै नेता केसीले आफ्नो फेसबुक पेजमा स्टाटस पोष्ट गरी अनुरोधः समझनाका लागि भनि लेख्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस