आज:  | Mon, 20, May, 2024

  राष्ट्रियसभा निर्वाचनमा सयुक्त उम्मेदवारलाई जिताउन गठबन्धन दलको चहलपहल

२९ पुष २०८०, आईतवार १३:१८ मा प्रकाशित ( ४ महिना अघि) २१७ पाठक संख्या
नारी बाटिका


 

काठमाडौं २९ पुस ।

आगमी माघ ११ मा हुन गैरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा दलका सयुक्त उम्मेदवारलाई जिताउन गठबन्धन दलका नेताहरुको चहलपहल सुरु भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई जिताउन सत्ता पक्षधर र्शीष नेताहरुले आज संयुक्त अपिल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका साझा उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हामिले सयुक्त रुपमा उठाईएका गठबन्धनका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गरेको बताउनु भयो।

लेखकले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको जानकारी दिनु भयो। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अपिलमा हस्ताक्षर गरेका छन्।

यसैगरी निर्बाचन अपिलमा जसपा अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुत्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

१९ सिटको लागि हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका तर्फबाट सिट भागवण्डा गरी साझा उम्मेदवारहरु उठाईए छन् । यता नेकपा एमाले र राप्रपाको भने छुट्टाछुट्टै उम्मेदवार उठेका छन्। निर्वाचनका लागि ५१ जनाको उम्मेदवारी कायम रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस