आज:  | Sat, 27, Jul, 2024

धादिङ गंगाजमुना ५ की रेजिना घले,सुरक्षाकर्मी सहित ११ जना टुँडिखेलको माघी पर्व कार्यक्रमको भिडमा च्यापिएर घाईते

१ माघ २०८०, सोमबार १८:५६ मा प्रकाशित ( ६ महिना अघि) ४९८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ १ माघ ।

काठमाडौँको टुँडिखेलमा आज भएको मगर र थारु समुदायको कार्यक्रमको भीडमा च्यापिएर प्रहरी सहित ११ जना घाइते भएका छन् । थारु र मगर समूदायको माघी पर्वका अबसरमा आयोजित मेलाको कार्यक्रमको भीडभाडमा च्यापिएर सुरक्षामा खटिएका प्रहरी सहित ११ जना घाइते भएको जनाईएको छ । साथै घाईते भएकाहरुको सबैको परिचय खुलेको पनि जनाईएको छ ।

उनीहरु सबैको परिचय खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार यसरी घाइते हुनेमा खोटाङ हलेशी तुवाचुङ नगरपालिका १० घर भई ललितपुरको पाटनढोका बस्ने वर्ष १२ की त्रिसना मगर, सिन्धुपालचोक घर भई ललितपुरको चामुण्डा बस्ने वर्ष १२ की अञ्जना तामाङ रहेकी छन् ।

यसैगरी घाईते हुनेहरुमा धादिङको गंगाजमुना गाउँपालिका ५ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १९ की रेजिना घले, धनकुटा घर भई ललितपुरको चाखुपाट बस्ने वर्ष १६ की निकिता मगर, बर्दिया राधापुर नगरपालिका १ घर भई काठमाडौँको नयाँबजार बस्ने वर्ष ३० की रेखा चौधरी र १ जना प्रहरी पनि घाइते भएका छन्।

यस्तै सोही भागदौडका क्रममा घाईते हुनेमा प्युठान खलङगा गाउँपालिका ४ घर भई काठमाडौँको फुटुङ बस्ने वर्ष १६ की अनिसा केसी, कैलाली भजनिया नगपालिका ३ घर भई ललितपुरको भैसेपाटी बस्ने वर्ष २५ वर्षकी कल्पना चौधरी, सुनसरीको धरान उपमहानगरपालिका ३ घर भई काठमाडौँको बनस्थली बस्ने वर्ष २२ की मन्दिरा बस्नेत पनि घाइते भएका छन्।

यस्तै अन्य घाइते हुनेमा ललितपुर महानगरपालिका २२ बस्ने वर्ष ४० की मीना थापा, कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौँको सीतापाईला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर र रोल्पा घर भई कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रहरी जवान पृथ्वी बुढामगर रहेका प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस