आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

बनेपा नगरपालिकाका –९ का वडाध्यक्ष १५ लाख घुस सहित रंगेहात पक्राउ

२०८० माघ ४, बिहिबार मा प्रकाशित ( २ साल अघि) ८४६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ माघ ।

काभ्रे जिल्ला बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुस सहित रंगेआत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो।

सोही वडाका एक सेवाग्राहीलाई घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सन्चार माध्यलाई जानकारी दिन भयो ।

वडाध्यक्ष नृपेशले एक स्थानिय सेवाग्राही सँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले वुधबार उनलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै वडाध्यक्ष बादेसँगै आएका कारचालक पदमबहादुर प्रधानलाई समेत आयोगले नियन्त्रणमा लिएको छ। उनको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन र १०० अमेरिकी डलर बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

कार सहित प्रधानलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%४%

प्रतिक्रिया दिनुहोस