आज:  | Mon, 29, Apr, 2024

ठुला दलका भागबण्डामा त्रिवि उपकुलपतिको सर्टलिस्टमा १४ जनाको नाम सार्बजनिक

२६ माघ २०८०, शुक्रबार ०८:१० मा प्रकाशित ( २ महिना अघि) ५६६ पाठक संख्या
नारी बाटिका


काठमाडौं २६ माघ ।

पहिलो पटक खुल्ला पतिस्प्रर्दा बाट छनौट गर्न लागिएको भनिएको त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि १४ जनाको नाम सार्बजनिक गरिएको छ । नाम सिफारिसका लागी जिम्मेवारी सहित गठित समितिले १४ जनाको नाम बिहिबार सार्वजनिक गरेको हो ।

उपकुलपतिको लागि भएको खुला विज्ञापनमा ४३ जनाले दर्खास्त दिएकोमा १५ जनाको नाम सर्टलिट गर्नु पर्ने भएतापनि देशका ठुला राजनििितक दलमा आबद्ध रहेका मध्यबाट दलहरुकै भागबण्डामा १४ जनाको मात्रै नाम समावेश छ । उपकुलपति छनोट कार्यविधिमा १५ जना गर्ने भनिए पनि १४ जना मात्रै योग्य भएको स्रोतले जनाएको छ ।

पहिलो पटक सर्टलिष्ट हुनेमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक तीर्थ खनियाँको नाम परेको छ। खनियाँले २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेखेको ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामग्रीको प्रयोग’ शीर्षकको लेखको अन्तिम भागमा फेरिट किलिक्कियाको लेखबाट हुबहु कपी पेस्ट गरेको आरोप समेत लागको छ।

त्यस्तै उपकुलपति छनौटको लागी सर्ट लिस्टमा नाम पर्नेमा त्रिवि मानविकी संकायकी डिन कुशुम शाक्य पनि छिन्। ४३ जनाले दर्खास्त दिएकोमा उनी सहित दुई जना महिलाले लिखित परिक्षा दिएका थिए। त्यस्तै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, त्रिवि कीर्तिपुर क्याम्पसका पूर्व प्रमुख गोविन्द सुवेदी, त्रिवि शिक्षा संकायका डिन चित्र बहादुर बुढाथोकी, त्रिविकै इतिहासका प्राध्यापक ज्ञानेन्द्र प्रसाद पौड्यालहरु सर्ट लिस्टमा परेका छन् ।

बिहिबार समितिले सार्वजनिक गरेको लिस्टमा केन्द्रीय गणित विभागका प्रमुख टंकनाथ धमला, पूर्व सह परीक्षा नियन्त्रक नारायण प्रसाद वेलवासे, माइक्रोबाइलोजी विभागका पूर्वप्रमुख प्रकाश घिमिरे, व्यवस्थापन विभागका पूर्व प्रमुख भोजराज अर्याल छन् । यस्तै जनसङ्ख्या विषयका प्राध्यापक महेन्द्र प्रसाद शर्मा, रसायन शास्त्र विभागका पूर्व प्रमुख रामचन्द्र बस्नेत, छन् ।

साथै कार्यवाहक उपकुलपति शिवलाल भुसाल र अर्थशास्त्रका प्राध्यापक सूर्यबहादुर थापा उपकुलपति प्रतिस्पर्धाको सर्ट लिस्टमा पर्न सफल भएका हुन् । बाहिरी रुपमा प्रतिस्पर्धाको सर्ट लिस्टमा परेको हो भन्ने दखिएतापनि ठुला दलहरुले आ आफ्ना पक्षका व्यक्तिहरुको नाम राख्न राल खेलेको स्पष्टै देखिन्छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%४%१%

प्रतिक्रिया दिनुहोस