आज:  | Sun, 19, May, 2024

आज विश्व रेडियो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै: सेवा भन्दा व्यबशायिक रुपमा लिईने

१ फाल्गुन २०८०, मंगलवार ०८:४७ मा प्रकाशित ( ३ महिना अघि) १५५ पाठक संख्या
नारी बाटिका


काठमाडौं ०१ फागुन ।

आज विश्व रेडियो दिवसका अबसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सेवा भन्दा पनि व्यबशायिक रुपमा लिईने प्रचलन बड्दैछ ।  संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखी हरेक वर्ष फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउने गरिएको छ।

नेपालको भौगोलिक,धार्मिक,सामाजिक चालचलन अनुसार रेडियोको महत्व रहेको पाईन्छ । साथै रेडियो विज्ञहरुले रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ।

पहिलो पटक नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत रहेको नेपाली कांग्रेसले विस २००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको थियो ।

पछिल्लो समयमा रेडियोप्रति विज्ञता होस् या नहोस् सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभरमा ९ सय हाराहारीमा दर्ता भैइसकेको छ । तर प्रभावकारी र नियमित प्रसारण गर्ने रेडियोको संख्यामा भने साढे ७ सयको हाराहारीमा होला छ।

हाम्रो मुलुकमा हिजो आज नागरिकका आवाज,किसान किसानीका उत्पादनका प्रचार प्रशार गर्ने,मानबअधिकारका हनन्का घटनाहरु,लैंगिक हिंसा बिरुद्धका विशेष सामाग्रीहरु खोजि गरी प्रशारण गर्ने भन्दापनि स्थानीय तथा राज्य समेन्त्र तहसंग आयआर्जन गरी राजनितिक आस्ताको आधारमा निजले सामाजिक कार्य बिकासका गतिविधीहरुमा भ्रष्ट्राचार र गलत कार्य गरिरहेका भएतापनि बजेट लिनका लागी उसैको गुनगान गाएर कामको प्रचार प्रशार गरिदिने प्रचलन बढिरहेको पाईन्छ ।

शहरी क्षेत्र भन्दा ग्रामिण भेगमा अझै तेलिभिजन भन्दा रेडियोको महत्व रहेको देखिन्छ । निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो।

विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबै भन्दा प्रभावकारी माध्यम मानिन्छ । तर पछिल्लो समयमा नेपालमा व्यबशायिक रुपमा आम्दानी गर्नका लागी रेडियो तथा संन्चार माध्य दर्ता गरी संन्चालनमा ल्याएको संन्चारसंग सम्वन्धित विज्ञहरुको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस