आज: २०८२ माघ ५, सोमबार | Mon, 19, Jan, 2026

वनभोज खान गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

२०८० फागुन ५, शनिबार मा प्रकाशित ( १ साल अघि) ९६५१ पटक पढिएको
नारी बाटिका


रामेछाप ५ फागुन ।

शनिबार वनभोज खान गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज आयोजना गरिएको वनभोजमा खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो। श्रेष्ठ खोकीका कारण शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो।

सिकिस्त भएका श्रेष्ठलाई उक्त जिल्ला अस्पतालमा पर्याप्त उपचारको अभाव हंदा थप उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको हो ।

रमाईलोका साथ वनभोज खान गएको मेयरका स्वकीय सचिवको उक्त घटना पछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका जनाईएको छ । उहाँको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको रामेछाप जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%३%

प्रतिक्रिया दिनुहोस