आज:  | Sun, 19, May, 2024

धादिङका तत्कालिन प्रहरी उपरिक्षक मिश्र उच्च प्रशंसा सहित कदर पत्र प्रदान तथा विदाई

७ फाल्गुन २०८०, सोमबार १७:०६ मा प्रकाशित ( २ महिना अघि) ७९८ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ ७ फागुन ।

नारी जागरण  तथा नारी बिकास सहकारी संस्थाको संयुक्त आयोजनामा कदर पत्र प्रदान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका तत्कालिन प्रहरी प्रमुख उपरिक्षक गौतम मिश्रलाई सम्मानको साथ कदरपत्र प्रदान गरिएको हो । मिश्रले लैंगिक हिंसा रोकथामका लागी केन्द्रले सन्चालन गरेको अभियानमा पुर्याउनु भएको सहयोगको आभार व्यक्त गर्दै सम्मान गरिएको हो । 

पछिल्लो समयमा धादिङमा सरकारी तथा गैर सरकारी संघसंस्थाले संन्चालन गरेको सचेतनामुलक अभियानले समुदायमा निकै सचेत बनाएकोमा सो कार्यको केन्द्रले उच्च मुल्याङन गरी कदर गरिएको हो ।   कार्यक्रममा नेपाल प्रहरी प्रमुखको जिम्मेवारी त छंदैछ ब्यक्तिगत रुपमा पनि लैंगिक हिंसा बिरुद्धमा संस्थासंग सहकार्यमा पुर्याउनु भएको सहयोगको प्रशंसा गर्दै आईतबार नारी जागरण केन्द्र तथा नारी विकास सहकारी संस्थाको सयुक्त आयोजनामा भएको कार्यक्रममा केन्द्रका वरिष्ठ संस्थापक सदस्य,संम्रक्षक तथा जेष्ठ नागरिक चित्र कुमारी भण्डारीले टिका र आशिर्वाद दिदै उहाँको सम्मान गरिएको थियो ।

साथै सोही कार्यक्रमको केन्द्रका कारीकारी निर्देशक भगवती उप्रेतीबाट उहाँले धादिङमा रहदा गर्नु भएका राम्रा कार्यको प्रशसा गर्दै कदरपत्रमा लेखिएका कुरा पढेर प्रहरी उपरिक्षक मिश्रको आगमी गन्तव्य अझै उर्जाशिल रहोस् भन्ने कामनाका साथ कदर पत्र प्रदान गर्नु भएको थियो । सोही अशसरमा उहाँ जिल्लाबाट सरुवा भई जान लाग्नु भएकोले केन्द्र र नारी विकास सहकारी संस्थाको तर्फबाट सयुक्त रुपमा विदाई समेत गरिएको थियो ।

यसैगरी आईबार नै जिल्ला प्रहरी कार्यालय धादिङबाट सरुवा भई मानव वेचविखन अनुसन्धान व्यूरो, अनुसन्धान व्यवस्थापन शाखामा सरुवा भई जान लाग्नु भएको प्रहरी उपरीक्षक मिश्रलाई प्रहरी कार्यालय धादिङबाट भव्य रुपमा सम्मानको साथ विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न गरिएको थियो । 

यसैगरी प्रहरी प्रधान कार्यालय, यू.एन शाखा नक्साल काठमाण्डौबाट यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा सरुवा भई हाजिर हुनु भएका प्रहरी उपरीक्षक गौतम कुमार के.सी.लाई धादिङ कार्यालयमा स्वागत गरिएको छ । 

उक्त कार्यक्रममा धादिङ प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवार, ई.प्र.का गजुरी धादिङका कार्यालय प्रमुख प्र.ना.उ बहादुर कँवर, स्थानिय विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार महासंघ नेपाल, नारी जागरण केन्द्र, संचारकर्मी, स्थानिय समाजसेवी, धादिङ प्रहरी कार्यालय तथा मातहतमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु समेतको सहभागितामा कार्यक्रम गरिएको हो ।

विदाई भई जानलाग्नु भएका प्रहरी उपरीक्षक गौतम मिश्रको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुका साथै फूलमाला, मायाको चिनो र पुष्पगुच्छा प्रदान गरी बिदाई गरिएको थियो भने प्र.उ गौतम मिश्रले यस कार्यालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्दै उहाँको कार्यकालमा धादिङवासीले पुर्याउनु भएको सहयोग प्रति आभार व्यक्त गर्नु भएको थियो ।  समुदायमा सचेतना जगाउने कार्य तथा लैंगिक हिंसामा परेकाहरुलाई न्याय दिलाउन  उहाँले गर्नु  भएको कार्य प्रशंसीय रहेकोमा खुशी व्यक्त गर्दै  उहाँको सम्मान गरिएको नारी जागरण केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%४%२%

प्रतिक्रिया दिनुहोस