आज:  | Sun, 19, May, 2024

हल्लाहको पछी नलागी सर्वसाधारणको निक्षेप बैंकमा सुरक्षित छ, भ्रममा नपर्न : राष्ट्र बैंक

८ फाल्गुन २०८०, मंगलवार १९:३२ मा प्रकाशित ( २ महिना अघि) ३७३ पाठक संख्या
नारी बाटिका


काठमाडौं ८ फागुन ।

हाल समाजमा नचाहिने हल्ला चलाउने गरेकोले सर्वसाधारणको निक्षेप बैंकमा सुरक्षित रहेकोले भ्रममा नपर्न राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ । समाजमा नचाईने हल्ला चलाएर सर्वसाधारामा नागरिकमा सान्ती देख्न नचाहने एक खालको वर्गले पछिल्लो समयमा समाजमा विकृर्ती र विसंगती गराई रहेको बेला सर्वसाधारणको निक्षेप सबै बैंक तथा वित्तीय संस्थामा पूर्णरूपमा सुरक्षित रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

हाल आफले बैंक, वित्तिय संस्था र सहकारी लगायत चारतिरबाट ऋण लिने तिर्ने समय आएपछी बैंक,वित्तिय तथा सहकारी संस्था लगायतलाई ठगी गर्ने मनोवृति भएका केही समुहले ऋण मिनाहाँको लागी भन्दै सबैको पैसा नतिर्नेहरुको जमातले बनेको समुह बनायर समाजमा चाहिने नचाहिने हल्ला फिँजाई रहेको अबस्थामा सर्वसाधारणको निक्षेप सबै बैंक,वित्तीय तथा सहकारी संस्थामा पूर्णरूपमा सुरक्षित रहेको स्पष्ट पारेको हो ।

मंगलबार एक विज्ञप्ति मार्फत राष्ट्र बैंकले बैंक, वित्तीय, तथा सहकारी संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको हो ।राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी भइरहेकाले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ जस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रममा पार्न दुष्प्रचार र नचाईने हल्ला गर्ने कार्य गर्दै हिड्ने त्यस्ता समुहको पछाडि नलाग्न समेत आग्रह गरेको छ । विज्ञप्तिमा लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरिएको छ ।

यस्तै “नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंकतथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,” राष्ट्र बैंकले भनेको छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू राष्ट्र बैंकको निर्देशनअनुरूप रहेको विज्ञप्तिमा उल्लेख छ । साथै कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको समेत स्पष्ट पारेको छ ।

यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिँदा र निरीक्षण तथा सुपरिवेक्षण गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस