आज:  | Sun, 19, May, 2024

पुल निर्माणका लागि पहाड काट्न दिउँसो बन्द रहदै आएको मुग्लिङ(नारायणगढ सडक अब अवरोध नहुने

९ फाल्गुन २०८०, बुधबार ०८:५२ मा प्रकाशित ( २ महिना अघि) ३४४ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु

काठमाडौं ९ फागुन ।

पुल निर्माणका लागि पहाड काट्न दिउँसो बन्द रहदै आएको मुग्लिङ(नारायणगढ सडकमा अबदेखी अवरोध नहुने भएको छ । यही फागुन १२ गतेसम्ममा बाँकी सात मिटर पहाड काट्ने काम सकिने भएकाले अब उक्त सडकखण्डमा बन्द नहुने नागढुंगा(मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए।

‘सो सडकको बाँकी रहेको काम अन्तिम चरणमा पुगेको छ। बाँकी रहेका थोरै कटान कामलाई २।३ दिनमा सकिने जनाइएको छ । इन्जिनियर तथा सूचना अधिकारी आचार्यका अनुसार निर्धारित समयमा पनि पूरा नभए अन्य उपाय अबलम्वन गरी कटान गर्नेछौँ। तर सवारीसाधनलाई अवरोध गर्ने छैनौँ।’ बताएका छन्

वैकल्पिक बाटो नहुँदा पुल निर्माणका लागि पहाड काट्नुपर्ने कामको लागी दैनिक रुपमा सडक बन्द गरेर काम गरिएको थियो । ३५ मिटर पहाड काट्ने प्रयोजनका लागि गत पुस ७ गतेदेखि यो सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारी साधन अबरुद्ध हुंदै आएको थियो।

यस कार्यको लागी जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो। पहिलो चरणको निर्धारित समयमा काम सम्पनन नभएपछि समय थप गरी फागुन १२ गते सम्मको कार्य सम्पन्नको लागी म्याद दिइएको थियो।

उक्त निर्माधिन क्षेत्रमा उच्च क्षमताका तीन वटा एक्साभेटरले चट्टान फोर्ने काम गरिरहे पनि कडा र ठुलो चट्टान भएकाले काम ढिलो भएको सूचना अधिकारी आचार्यले जानकारी दिए। ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोरिएको हो ।

यस सडक खण्डको कार्य सम्पन्न गर्नु पर्ने १९ मध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो। बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको हो । हालसम्म आठ वटा पुलको निर्माण काम सकि सञ्चालनमा आइसकेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस