आज:  | Sun, 19, May, 2024

धादिङमा घाईते अबस्थाको सालक फेला पारी उपचार भई रहेको

१० फाल्गुन २०८०, बिहीबार १३:१३ मा प्रकाशित ( २ महिना अघि) ५२९ पाठक संख्या
नारी बाटिका


भगवती बिबियु
नारी बाटिका संवाददाता

धादिङ १० फागुन ।

धादिङमा घाईते अबस्थाको सालक फेला पारी उक्त सालको स्वास्थ्य परिक्षण भईरहेको छ । धादिङको नीलकण्ठ नगरपालिका–१४ मा बुधबार ५ केजी सातसय ग्रामको घाईते सालक फेला पारी उद्धार गरिएको हो ।

बुधबार निलकण्ठ नगरपालिका– १४ मा फेला परेको उक्त सालक सो वडाका वडाअध्यक्ष नवराज दुवाडी सहितको स्थानीयबासीको टोलिले जिल्ला डिभिजन वन कार्यालय धादिङमा बुझाएका हुन्। 

उद्धार गरिएको उक्त सालकलाई सुरक्षित प्राकृतिक स्थानमा छोडिएको थियो । तर उक्त सालक विमारी अबस्थामा रहेकोले हिडडुल गर्न नसकेपछी अहिले त्यस सालकलाई जिल्ला अस्पताल धादिङमा उपचार गराई रहेको डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनु भयो ।

सालकको उद्धारमा धादिङबासीले चासो देखाउनुले धादिङका जनमासमा सालक संरक्षणमा जनचेतना बढेको आफुलाई महशुष भएको डिभिजन प्रमुख आचार्यले बताउनु भयो ।

साथै उहाँले सालक भेटि बन कार्यालय धादिङमा बुझाउन आउनु हुने सवैलाई धन्यावाद प्रकट गर्नु भएको छ । यस्तै उद्धार गरिएको उक्त सालक के कसरी घाईते भयो भन्ने बारे अनुसन्धान भैइरहेको आचार्यले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%१%२%

प्रतिक्रिया दिनुहोस