आज: २०८२ फागुन ५, मंगलबार | Tue, 17, Feb, 2026

राष्ट्रिय सुरक्षामा देखा पर्ने चुनौती आकलन गर्न उपप्रधानमन्त्री खड्काको निर्देशन

२०८० फागुन १७, बिहिबार मा प्रकाशित ( १ साल अघि) १११४८ पटक पढिएको
नारी बाटिका


काठमाडौँ १७ फागुन ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षामा देखा पर्ने चुनौतीको भध्यनजर गरी अघि बड्न निर्देशन दिनु भएको छ । पछिल्लो समयमा मुलुकमा देखिएको समसामयिक विषयलाई लिएर बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखा पर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताउनु भएको हो ।

बुधबारदेखि नेपाली सेनाले काठमाडौँमा आयोजना गरिएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले भूराजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थिति लगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताउनु भयो ।

उहाँले आन्तरिक रूपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको समाना गर्ने तर्फ मुलुकको सुरक्षा समेन्त्रको ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको हो । वर्तमान अबस्थामा राष्ट्रिय सुरक्षामा विद्यमान चुनौती बारे छलफल गरी त्यस्ता चुनौतीको सामना गर्ने उपायहरू अवलम्बन गर्न बैठक उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नु भयो ।

यस्तै नेपाली सेनाले विभिन्न परिस्थितिमा सीमित स्रोत साधनको उपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उल्लेख गर्दै रक्षामन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा राम्रो छवी बनाउन सफल रहेको बताउनु भएको थियो । पछल्लो समयमा जाजरकोटमा गएको भूकम्पमा परेकाको तत्कालै, उद्धारको कार्य र राहत उपलव्ध गराउन सेनाले गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै नेपाली सेनाको प्रशंसा समेत गर्नु भयो ।

यसैगरी उहाँले नेपाली जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न राष्ट्रिय गौरवको काठमाडौँ(तराई)मधेस द्रुत मार्ग लगायत विकटका बस्ती जोड्ने सडक आयोजनाको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताएको हो भन्नु भएको छ ।। नेपाली सेनालाई जटिल भू–बनोट भएका दुर्गम इलाकामा विकास निर्माणका थप जिम्मेवारी प्राप्त हुनसक्ने उहाँले बताउनु भयो ।

तोकिएको लागत तथा समय सीमाभित्रै यस्ता आयोजना सम्पन्न गर्ने तर्फ सम्बद्ध सबै पक्ष संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गर्नु भएको थियो । संविधान प्रदत्त एवं राज्यले आवश्यक ठानेका अन्य जिम्मेवारीको निर्वाहमा नेपाली सेना सदैव अब्बल रहिआएकोले शान्ति स्थापनार्थ खटिने राष्ट्रको शीर्ष स्थानमा रहेको नेपाल र नेपाली सैनिकका बारेको प्रशंसाबाट सिङ्गो मुलुक गौरवान्वित भएकोल खुशी व्यक्त गर्नु भयो ।

यस्तै प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यसँगै पर्यावरण संरक्षण, विपद् प्रतिकार्य, विकास(निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीको सामना गर्न हरपल तयारी अवस्थामा रहनुपर्ने बताउनु भएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस