आज:  | Tue, 30, Apr, 2024

कैलालीको गेटामा संन्चालित मत्स्य विकास केन्द्रमा माछाको भुरा उत्पादनमा समस्या

२६ फाल्गुन २०८०, शनिबार ०८:३८ मा प्रकाशित ( १ महिना अघि) ३१९ पाठक संख्या
नारी बाटिका


कैलाली २६ फागुन ।
कैलाली जिल्लाको गेटामा संन्चालित मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या देखिएको छ। निकै लामो समयदेखी संन्चालनमा रहेको मत्स्य विकास केन्द्रको संम्रचना जीर्ण बन्दै गएको कारण माछाका भुरा उत्पादनमा समस्या देखिएको हो।

धेरै बर्षअघि निर्माण भएको सो स्थानको ह्याचरी पोखरी जीर्ण भएको र माछाका भुरा राख्नका लागी नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादनमा समस्या भएको मत्स्य विकास केन्द्र गेटाले जानकारी दिएको छ । २० बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रका ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो। यस पोखरीमा सुरुमा सात प्रकारका माछाका भुरा राख्ने गरी पोखरी निर्माण गरिएको थियो।

मत्स्य विकास केन्द्रका निमित्त प्रमुख निर्मलबहादुर खातीका अनुसार माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ। भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको जनाएको छ। उक्त मत्स्य विकास केन्द्र हाल ह्याचरी, फिंगर र फ्राई माछाका भुरा उत्पादन गर्दै आएको जनाएको छ । करिब ५० वर्षअघि निर्माण गरिएको उक्त ह्याचरी पोखरीको मर्मत समेत नगरिएको केन्द्रले बताएको छ ।

‘बजेटको अभावले संरचना जीर्ण हुंदा पनि मर्मत गर्न नसकिएकोले माछाका भुरा राख्नको लागी नयाँ पोखरी निर्माण गर्नुपर्ने भएपनि बजेट नहुंदा समस्या रहेको बताइएको छ ।

यस विकास केन्द्रले गत आ.व.२०७९।०८० मा तीन करोड २० लाख हाराहारीमा ह्याचरी भुरा उत्पादन गरिएको थियो । तर यस चालु आर्थिक वर्षमा भने चार करोड ह्याचरी भुरा उत्पादन गर्ने लक्ष्य लिएको बताएकोछ । ३० कट्ठा जग्गामा नयाँ पोखरी निर्माण गर्न सकिने निमित्त प्रमुख खातीले बताएका छन्।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वर्षअघि निर्माणका लागि ठेक्का गरेको आधुनिक ह्याचरीको काम बजेट अभावमा काम सम्पन्न हन नसकेको बताएको छ ।उक्त ह्याचरीको काम सम्पन्न गरी संन्चालनमा ल्याउन सकेको अबस्थामा वर्षमा आठ करोड भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ। प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले नयाँ संरचना थप गर्न समस्या भएको हो।

मत्स्य विकास केन्द्रबाट उत्पादन भएका माछाका भुरा एक लाखको दुई हजार ५ सयको मुल्यमा मा बिक्री गर्दै आएको जनाएको छ। केन्द्रमा उत्पादित माछाका भुरा सुदूरपश्चिमका नौवटै जिल्ला सहित बाँके, बर्दिया लगायत जिल्लामा बिक्री हुँदै आएको जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस