आज:  | Sat, 27, Apr, 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्ववासको मत नदिने

२९ फाल्गुन २०८०, मंगलवार ०९:०५ मा प्रकाशित ( १ महिना अघि) १८७ पाठक संख्या
नारी बाटिका


भगवती  बिबियु

काठमाडौं २९ फागुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्ववासको मत नदिने भएको छ । फागुन २६देखि २८ गतेसम्म बसेको राप्रपा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

पार्टीका बैठकमा छलफल गरी राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरिएको श्रेष्ठले जानकारी दिनु भयो ।

पछिल्लो समयमा नेकपा एमाले केपी शर्मा वली एमाले पार्टीको सहयोग र समर्थनमा बनेको नयाँ समिकरणको प्रचण्ड नेतृत्वको सरकारमा आउन आग्रह गरिरहेका भएतापनि पार्टी सरकारमा नजाने र प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

यसै फागुन २१ मा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी लगायत चारदलकोे समिकरणमा नयाँ गठबन्धन बनाएका छन् भने पदन बित्दै जाँदा कुरापनि फेरिने त्रासले प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने तयारी गरिरहनु भएको छ ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई दबाब दिनको लागी चैत १६ गतेका दिनलाई तय गरेको प्रदर्शनको मिति परिवर्तन समेत गरेको छ। उक्त मितिमा तय भएको काठमाडौं केन्द्रित जनप्रदर्शन पार्टीको कार्यसम्पादन समितिको बैठकले चैत्र २७ गतेका लागि सारिएको हो ।

पार्टी प्रवत्ता श्रेष्ठका अनुसार उक्त समयमा देशभर एसईई परीक्षा चल्ने भएकाले लाखौँ विद्यार्थी, अभिभावकलाई असुविधा पर्ने भन्दै काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति सारेको पार्टीले जनाउनु भयो ।

‘राप्रपाले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको निर्णय रहेकोमा सो मिति परिवर्तन गरी चैत २७ गते गर्ने निर्णय गरिएको ,’ राप्रपाको विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस