आज:  | Sat, 04, May, 2024

इजरायली सेनादवारा नुसिराट शरणार्थी शिविरमा आक्रमण

७ चैत्र २०८०, बुधबार ११:४६ मा प्रकाशित ( १ महिना अघि) १५१ पाठक संख्या
नारी बाटिका


प्रवास समचार  ७ चैत

इजरायली सेनाले गाजास्थित नुसिराट शरणार्थी शिविरमा ठुलो आक्रमण गरेको छ । नुसिराट शरणार्थी शिविरस्थित इजरायली सेनाको आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको अलजजिरा मिडियाले जनाएको छ ।

यस्तै उक्त आक्रमणमा ठूलो संख्यामा स्थानीय सर्वसाधारण समेत घाइते भएका छन् । घाइतेहरुलाई अल-बालाहको अल-अक्सा सहिद अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ।

निकै लामो समयदेखी भएको इजरायली आक्रममाको कारण गाजा क्षेत्रमा भोकमरीले मृत्यु हुने नवजात शिशुको संख्या बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

यस्तै गर्भवतीहरुमा पनि पोषणको कमीले कम तौलका बच्चा जन्मिरहेका कारण मृत्युको संख्या बढिरहेको गाजाका स्वास्थ्यकर्मीले जनाएका छन्।

उक्त क्षेत्रमा खाद्यान्नको चरम शंकट हुन थालेपछी बेलायतले गाजामा २ हजार टन खाद्यान्न सहयोग पुगेको जनाएको छ। बेलायतले अनुदान दिएको २ हजार टन भन्दा बढी खाद्यान्न सहायता जोर्डन हुँदै गाजा तर्फ पठाएको हो।

बेलायतले अनुदान दिएको २ हजार टन भन्दा बढीको खाद्यान्न सहायताले गाजास्थित भोकमरीबाट पिल्सिएका करिब २ लाख ७५ हजार मानिसलाई खुवाउन सक्ने गरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने बताइएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस