

धादिङ १२ चैत ।
जिल्ला प्रहरी कार्यालय धादिङद्वारा आज मन्दिर सरसफाई गरिएको छ । शोमबार विहान ७ बजेदेखी प्रहरी कार्यालय धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नं.१२ स्थितमा रहेको श्री पशुपति मन्दिरको क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा पुर्व प्रहरी संगठन धादिङका सदस्यहरु ,टोल सुधार समिति धादिङका सदस्यहरु, मन्दिर व्यावस्थापन समिति, स्थानियवासीहरुको सहभागितामा म्रहरी कार्यालयबाट खटिगएका प्र.नि। नन्द किशोर प्रसाद चौहान सहितको प्रहरी टोली र नगर प्रहरी समेत गरी ८५ जनाको सहभागिता रहेको थियो ।

साथैो उक्त सहभागी टोलीले पशुपति मन्दिर पेरिमिटरको सरसफाई,मन्दिर जाने सडकखण्ड,पैदल जाने बाटो लगायतमा सरसफाई गरी करिव ८ः३० बजेको समयमा कार्यक्रम सम्पन्न गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस