आज:  | Mon, 29, Apr, 2024

नेपाल प्रहरीका २३ जना सम्पर्क विहीन कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

१३ चैत्र २०८०, मंगलवार ०८:४९ मा प्रकाशित ( १ महिना अघि) १४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १३ चैत ।

नेपाल प्रहरीका २३ जना सम्पर्क विहीन भएकाहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिवएको छ । नेपाल प्रहरीको प्रधान कार्यलय नक्सालले आज एक सुचना जारी गर्दै सम्पर्क विहीन रहेका २३जना प्रहरी कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार जारी गरिएको सूचनामा आफूखुशी गैर हाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ भनी उल्लेख गरिएको छ ।

लामो समयदेखी हाजिर हुन नआएका प्रहरी कार्यालयका सहायकदेखि सहायक निरीक्षकसम्मका कर्मचारी रहेका छन्। सात दिनभित्र हाजिर नभए उनीहरूलाई सेवाबाट हटाउने चेतावनी समेत प्रहरी प्रधान कार्यलयले दिएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस