आज:  | Sun, 28, Apr, 2024

हजारौंको ज्यान बचाउने अस्पतालमा कार्यरत डा.प्रतिमाको झुण्डीएको अवस्थामा फेला

१६ चैत्र २०८०, शुक्रबार १६:४४ मा प्रकाशित ( ४ हफ्ता अघि) ६६५ पाठक संख्या
नारी बाटिका


धादिङ १६ चैत ।

हजारौंको ज्यान बचाउने अस्पतालमा कार्यरत डा.प्रतिभाको झुण्डीएको अवस्थामा फेला परेकी छिन् । विगत केही समयदेखी जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल बिहिबार आफ्नै घरमा मृत अबस्थामा फेला पर्नु भएको हो ।

उहाँ काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरमा मृत भेटिनु भएको थियो । सलले पासो लगाएर झुण्डेको अवस्थामा भेटेपछि उनका श्रीमानले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पताल लगिएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

३४ वर्षीया डा.प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।असारदेखी धादिङ अस्पतालमा कार्यरत डा. धौभडेल बिदामा काठमाडौँस्थित घर जानु भएको थियो। प्रहरी वृत कालिमाटीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%१%

प्रतिक्रिया दिनुहोस