आज:  | Tue, 30, Apr, 2024

हृदय विदारक घटना,छोराको दाहसंस्कार गरेकै रात एकै परिवारका ५ जनाको ज्यान गयो

१८ चैत्र २०८०, आईतवार १५:४५ मा प्रकाशित ( १ महिना अघि) ५०७ पाठक संख्या
नारी बाटिका


  1. गोरखा १८ चैत ।

गोरखामा छोराको दाहसंस्कार गरेकै रात एकै परिवारका ५ जनाको ज्यान गएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवा खेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि  छोराको दाहसंस्कार गरी धर फर्केका  ७० वर्षीया आमा जुनकिरी रोका सहित एकै परिवारा ५ जनाको  ज्यान गएपछी सिंगो गाउँनै शोकमा डुबेको हो ।

क्यान्सरबाट पिडित शङ्कर रोकाको उपचारका क्रममा राजधानीमा निधन भएपछी शङ्करको पशुपति आर्यघाटमा दाहसंस्कार गर्न अबेरसम्म लागेको र सो कामका लागी गाउँबाट काठमाडौँ पुगेकी आमा जुनकिरी सहित सबै परिवार र आफन्त पशुपति आर्यघाटमा पुगेका थिए ।

लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरका बुढेसकालको सहारा छोराको मृत्युले मर्माहत आमा जुनकिरीको छोराको पशुपती आर्यघाटमा दाहसंस्कारको काम सकेर काजकिरीया गर्न गाउँ फर्कने क्रममा तीन वटा गाडी लिएर सपरिवार गोरखा तर्फ लागेका थिए।

तीन गाडी लिएर घर फर्कंदै थिए । तिनमध्ये दुई गाडी मुग्लिन पुगेर रोकिएको थियो । अगी भएका दुई गाडीले निक्कैबेर मुग्लिनमा प्रतिक्षा गर्दापनि पछाडी भएको गाडी नआएपछि अनेक शङ्का उपशङ्का बढेको थियो । एउटै गाडीमा बसेका मृतककी आमा जुनकिरी, दिदी बहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कंदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना हुन पुग्यो ।

घटनापछी तत्कालै चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकै बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको जानकारी प्रहरीमा आएपछि रोका परिवारमा अर्को बज्रपात परेको थियो । उक्त घटना घटे लगतै आफन्त र परिवार घटनास्थलमा पुगेका थिए। प्रहरीले दुर्घटनास्थलबाट पाँच जनाको शव निकाल्यो। घटनामा परेका एक जना अझै बेपत्ता रहेका छन् ।

आमा जुनकिरी सहित दुर्घटनामा परी ज्यान गुमाउनेमा जेठी छोरी ४१ वर्षीया हरिमाया उपरकोटी, कान्छी छोरी २८ वर्षीया अञ्जना रोका, माइला ज्वाइँ ३५ वर्षीय अर्जुन सिर्मल, नौ वर्षीय नाति आगमन उपरकोटी (मृतक हरिमायाका छोरा)भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी बेपत्ता भएका १८ वर्षीया दिवस रोका पनि क्यान्सरबाट निधन भएका शङ्करका छोरा हुन्।

मृतक पाँचै जनाको शव अहिले गोरखा अस्पतालमा शव परीक्षणका लागि राखिएको प्रहरीले जानकारी दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ। अस्पतालमा परिवार र आफन्तलाई सान्त्वना दिन पुगेकाहरु समेत बोल्न र सम्झाउन सक्ने अवस्था नरहेको प्रत्यक्षदर्शीको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस