आज:  | Tue, 30, Apr, 2024

बागमती प्रदेशमा मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमतिमा विश्वासको मत

१९ चैत्र २०८०, सोमबार १९:२९ मा प्रकाशित ( ४ हफ्ता अघि) १९७ पाठक संख्या
नारी बाटिका


काठमाडौं- १९ चैत ।

बागमती प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने सहमतिमा जर्मकट्टेललाई विश्वासको मत दिने भएको थियो । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकीकृत समाजवादी पार्टीलाई पनि मुख्यमन्त्री दिने सहमति भएपछी शालिकराम जर्मकट्टेललाई विश्वासको मत दिएका हुन् ।

एकीकृत समाजवादी पार्टीले अहिलेको अबस्थामा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय भएको थियो । आज बसेको बैठकको सहमति अनुसार एमाले, माओवादी र एकीकृत समाजवादी मध्ये पहिलो पालो एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने भएको छ।

आज दिउँसोसम्म मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भनिएका सांसदहरु यस सहमती भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस