आज:  | Tue, 30, Apr, 2024

आजको मौसम बागमती सहित चार प्रदेशमा पानी पर्ने सम्भावना

२३ चैत्र २०८०, शुक्रबार ०८:४५ मा प्रकाशित ( ३ हफ्ता अघि) २७९ पाठक संख्या
नारी बाटिका


काठमाडौं २३ चैत ।

आज बागमती सहित चार प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले शुक्रबार सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू(भागमा मौसम आंशिक बदली तथा मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान र कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस