आज:  | Tue, 30, Apr, 2024

उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने विरुद्ध चौतर्फी रुपमा बिरोध हुन थालेको

२७ चैत्र २०८०, मंगलवार १९:५१ मा प्रकाशित ( २ हफ्ता अघि) १७१ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २७ चैत ।

गृह्रमन्त्री रवी लामिछाने बिरुद्ध चौतर्फी रुपमा बिरोध हुन थालेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाएरै छाड्न कांग्रेस कस्सिएर लागेको छ । त्यस्तै राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा गरेको विशाल जनप्रदर्शनमा समेत लामिछाने बिरुद्धको नारा लगाएका थिए ।उहाँमाथी सहकारी ठगी प्रकरणमा संलग्नता रहेको पुष्टि हुने धेरै प्रमाण रहेको दाबी गर्दै यस बारेमा तत्थ्य सत्य तत्कालै छिनोफानो गर्न समिति बनाउनु पर्ने कांग्रेसको माग छ।

गत फागुन २१ मा नयाँ सत्ता समीकरण भएसँगै प्रतिपक्ष कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री लामिछानेलाई चोख्याउने काम भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहल(प्रचण्ड माथी पनि आरोप लागिरहेको छ । शुरुमा सरकारको जवाफ मागेको र चैत ६ देखी छानबिन समिति बनाउनु पर्ने माग काँग्रेसले राखेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुने कुनै प्रमाण फेला नपरेको भनेपछि कांग्रेसले संसदीय छानबिन समितिको मागलाई कडा रुपमा लिएको हो। सरकारले कुनै प्रमाण नदेखेको तर कांग्रेसले प्रमाणै प्रमाण देखेको भन्दै यसको छिनोफानोका लागि समिति बनाउन कांग्रेसले माग गरिरहेको छ।

लामिछाने बिरुद्ध संसद बैठकमा चेतावनी मात्रै दिँदै आएको काँग्रेसले मंगलबार नाराबाजी गर्दै सदनमा अवरोध खडा गर्‍यो। मंगलबार सदन शुरु भएलगतै उठेका कांग्रेस सांसदहरूलाई सभामुख देवराज घिमिरेले आसन ग्रहण गर्न आग्रह गरे। आफ्नो आग्रहपछि पनि उनीहरू उठिरहेपछि कांग्रेस सचेतक सुशीला थिङलाई सभामुखले बोल्न समय दिएका थिए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि हुने धेरै प्रमाण रहेको पुरानै दाबी दोहोर्‍याउँदै यसको छिनोफानोका लागि समिति नबनाइए सम्म सदन चल्न नदिने स्पष्ट पार्नु भएको छ ।

‘लामिछानेले सूर्यदर्शन लगायतका ६ वटा सहकारीबाट अर्बौं रुपैयाँ गोरखा मिडिया कम्पनी मार्फत अपचलन भएको भनिएको छ । गैरकानूनी रूपमा यसरी अर्बौं रकम लिँदा कम्पनीका प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारबाही हुन्छ कि हुँदैनरु’‚ उहाँले भन्नु भयो, । ‘लामो समयदेखि हामीले यो कुरा उठाउँदा सरकारले बेवास्ता गरिएकाले हामी आज यसो गर्न बाध्य भएर उभिँदै छौँ।’

त्यसपछि पनि सभामुखले आसनग्रहण गर्न आग्रह गर्दै सांसद मनीष झालााई बोल्न समय दिए तर कांग्रेस सांसदहरूले बेन्च ठोक्दै नाराबाजी गर्न थाले। कांग्रेसको अवरोधपछि शुरुमा १५ मिनेटका लागि स्थगित गरिएको बैठक त्यसपछि बस्न सकेन। संसद् सचिवालयले सूचना टाँसेर अर्को बैठक बुधबार बस्ने जानकारी गराएको छ तर छानबिन समिति नबनेमा बुधवारको बैठकमा पनि चल्न नदिने काँग्रेस सचेतक थिङले बताउनु भयो।

सत्तारुढ दलहरू (माओवादीसँग बाहेक) प्रति केही नरम देखिएका सभापति शेरबहादुर देउवा पनि अहिले छानबिन समिति नबनाई नछाड्ने मनस्थितीमा हुनुहुन्छ ।। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकमा सभापति देउवाले लामिछाने विरुद्ध धेरै प्रमाण भएको भन्दै संसदीय छानबिन हुनुपर्ने बताउनु भयो।

रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि कुनै हालतमा छानबिन समिति नबन्ने बताउँछन्। बरु अन्य विकल्पमा छलफल हुन सक्ने उनको भनाइ छ। ‘जुन मुद्दामा छानबिन समिति बनाऔँ भन्नुभएको छ, त्यो आवश्यक नै छैन’, उनी भन्छन्, ‘समिति बन्दैन तर अरू विकल्पमा छलफल हुन सक्छ।’

कांग्रेसले तथ्य प्रमाणविना संसदीय समिति माग गरेको उनको भनाई छ। ‘उहाँहरूले जे माग गर्नुभयो, त्यो त्यो गर्दै जाने कुरा हुँदैन’, उनी भन्छन्, ‘कुनै तथ्य र प्रमाण चाहिँदैन रु’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस