आज:  | Tue, 30, Apr, 2024

आज२०८०को अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड तोड्यो,प्रतितोला १ लाख ३९ हजार

३० चैत्र २०८०, शुक्रबार १९:३७ मा प्रकाशित ( २ हफ्ता अघि) १३० पाठक संख्या
नारी बाटिका


काठमाडौं -३० चैत।

आज २०८० सालको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड, तोडेको छ । सुक्रबार प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको छ । आज चालु वर्ष २०८० को अन्तिम दिन सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भई प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्यमा पनि प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस