
काठमाडौं -३० चैत।
आज २०८० सालको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड, तोडेको छ । सुक्रबार प्रतितोला १ लाख ३९ हजारमा कारोबार भएको छ । आज चालु वर्ष २०८० को अन्तिम दिन सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भई प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो ।
नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्यमा पनि प्रतितोला १ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस