आज:  | Tue, 30, Apr, 2024

तपाईको २०८१ को वार्षिक भविश्यवाणी कस्तो छ त राशिफल ?

१ बैशाख २०८१, शनिबार १८:४८ मा प्रकाशित ( २ हफ्ता अघि) २७५ पाठक संख्या
नारी बाटिका


ज्यो. गुरु दिवाकर पन्त

२०८० वैशाख १

तपाईको २०८१ को वार्षिक भविश्यवाणी, कस्तो छ त राशि अनुसारको फल ? विस्तिउत दिएको छ । नयाँ बर्ष २०८१ आज (शनिबार)बाट शूरु भएको छ । २०८० साललाई विदाई गरी नयाँ बर्षका रुपमा २०८१ साललाई स्वागत गर्दै गर्दा राशिअनुसार तपाइँको नयाँ बर्ष कस्तो रहला ? हेर्नुहोस राशि अनुसार नयाँ बर्ष २०८१ः

मेष
यस राशिका व्यक्तिहरुलाई केही सकारात्मक रहने छ । आर्थिक उन्नतिका लागि धन आर्जनमा गति मिल्ने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ भने प्रतिष्पर्धीहरुले हेप्न सक्ने छैनन् । वैवाहिक जीवनमा मधुरता आउने छ । वैदेशिक रोजगारीमा सफलता मिल्ने छ । तिक्ष्ण बुद्धिमा हुने बृद्धिले उपयुक्त समयमा उपयुक्त विचार आउँदा निर्णय क्षमतामा बृद्धि हुने छ । रोग व्याधीको त्रास भने रहने छ । घर घडेरी जोड्ने बर्षका रुपमा नयाँ बर्ष रहने छ ।

बृष
आर्थिक बृद्धिमा तिब्रता आउने छ । डुबेका रकम उठ्ने छ । तर विरोधीहरुको संख्यामा बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउँदा जीत कम हुने छ । सवारीसाधनजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । मान सम्मानमा कमि आउने छ भने आर्थिक पक्ष भने बढोत्तरीमा नै रहने छ । वैवाहिक सुख औसत रहने छ । यात्रामा सफलता मिल्ने छ ।

मिथुन
खर्च असाध्यै बढ्ने छ । विशेषगरी रोगव्याधीको उपचारमा अस्पतालजन्य खर्चमा बृद्धि हुने छ । दाम्पत्य जीवनमा कटुताको मात्रामा ह्वात्तै बृद्धि हुने छ । सन्तान सम्बन्धी तापले सताउने छ । वैदेशिक रोजगारीमा रहनेहरुका लागि समस्य अनुकुल नै रहने छ । धार्मिक र आध्यात्मिक स्वाभावमा बृद्धि हुने छ । राजनीतिमा सक्रिय र सरकारी सेवामा रहेकाहरुलाई लाभ मिल्ने छ ।

कर्कट
बौद्धिक क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । साथै सृजनशिल क्षेत्रमा प्रगति हुने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । सडक र सवारीसाधन सम्बन्धी विषयमा सावधानी अपनाउनु होला । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । तर सेवामा आवद्धहरुका लागि आर्थिक पक्ष औसत रहने छ । रोग व्याधीका विषयमा सतर्क रहनु होला ।

सिंह
यस बर्ष सामान्य रहने छ । खासै प्रगति पनि नहुने र अधोगति पनि नहुने समय छ । असाध्य खालका रोग व्याधीले सताउने छ । विदेश जाने सोचमा तिब्र बृद्धि आउने छ भने विदेशमा रहेकाहरुलाई मध्यम समय रहने छ । आर्थिक अवस्था पनि मध्यम खालको रहने छ । दाम्पत्य जीवनमा केही तिक्तता आउन जाने छ । सन्तानका कारण विदेश यात्रामा जाने अवसर प्राप्त हुने छ । प्रेममा सफलता प्राप्त हुने छ ।

कन्या
मान सम्मानमा बृद्धि हुने छ । विभिन्न अवार्ड प्राप्त हुने र सम्मानित हुने अवसर प्राप्त हुने छ । सन्तानका गतिविधीबाट परिवारमा गर्व उत्पन्न हुने छ । तर अन्य परिवारका सदस्यहरुसँग तिक्तता बृद्धि हुने छ । यात्रामा झमेला उत्पन्न हुन जाने छ । आर्थिक गतिविधिमा भन्दा बौद्धिक उचाई प्राप्त गर्न मन केन्द्रीत हुने छ । बौद्धिकताको स्तर र आर्थिक अवस्थाका बीचमा उत्पन्न हुने खाडलले व्यवहारिक सन्तुलन बिगार्ने छ ।

तुला
नयाँ बर्ष मिश्रित बर्षका रुपमा रहने छ । विशेष गरी परिवारमा किचलोको अवस्था आउने छ । संक्रामक खालका रोगव्याधीप्रति निकै सतर्क रहनु पर्ने देखिन्छ । धार्मिक स्वाभावमा तिब्रता आउने र यात्रा पनि हुने छ । सहयोगी विचार आउने छ । आर्थिक सन्तुलनमा केही बदलाव आई दबाब सृजना हुने छ । अनावश्यक क्षेत्रको खर्च बढ्न जाने छ । दुर्घटना जस्ता विषयमा सतर्क रहनु होला ।

बृश्चिक
बोलीको प्रभाव बढ्ने छ । ठुलाबडाको विश्वास छिट्टै प्राप्त हुने छ । सामाजिक छविमा सुधार आउने छ । आलोचना गर्नेहरुको मनोबल कमजोर बन्ने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । घर घडेरी जोड्ने अवसर आउने छ । विदेशमा रहनेहरुका लागि भने मध्यम बर्ष रहने छ । राजनीतिक रुपमा फाइदा मिल्ने छ । व्यापार विजनेशमा केही बृद्धि होला ।

धनु
धार्मिक रुचिमा बढोत्तरी हुने छ । विश्वास गरेकाहरुबाट सहयोग प्राप्त हुने छ । अध्ययनमा गिरावट आउने छ । व्यावहारिक सोच हुने हुँदा सैद्धान्तिक कुराहरु भन्दा तत्काल गरिहाल्नु पर्ने विषयमा बढि ध्यान जाने छ । सहयोगी स्वाभावले गर्दा समाजमा राम्रो छवि बन्ने छ । बढि बोल्ने बानी भने सुधार्नु पर्ने छ ।

मकर
नयाँ सवारीसाधन जोड्न सकिने छ । सेवा क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ । धर्म अध्यात्ममा तिब्रता आउने छ । यात्रा पनि हुने र नयाँ नयाँ क्षेत्रका व्यक्तिहरुसँग सम्बन्ध विस्तार हुने छ । स्वास्थ्य सम्बन्धी विषयमा भने सतर्क रहनु पर्ने देखिन्छ । परिवार र समाजमा छविमा सुधार आउने छ । एकांकी स्वाभावले गर्दा घुलनशिलतामा केही कमि देखिने छ । सहयोगी भावनामा बृद्धि हुने छ । खर्च नियन्त्रणमा ध्यान दिनु होला ।

कुम्भ
संयमता सहित कदम चाल्नु पर्ने देखिन्छ । विशेषगरी स्वास्थ्यमा समस्या आउने छ भने खर्चमा ह्वात्तै बृद्धि हुन जाने छ । मित्रहरुबाट अपेक्षाकृत सहयोग मिल्ने छैन जसले गर्दा विश्वासको कमि उत्पन्न गराउने छ । बोलीको प्रभावमा कमि आउने छ । औद्योगिक क्षेत्रमा आवद्धहरु आर्थिक कठिनाईबाट गुज्रनु पर्ने छ । रोजगारी गुमाउने भयले हरदम सताउने छ । दाम्पत्य जीवनमा कटुता बढ्ने छ ।

मीन
आँटेका कामहरु निकै ढिला गरी पुरा हुने छन् । बढि संघर्ष गर्दा पनि नतिजा निकै न्युन हुन जाँदा मनमा निराशा आउने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । व्यावहारिक भन्दा आदर्शवादी चिन्तनका कारण अरुले सहजै लिन सक्ने छैनन् । आर्थिक सन्तुलनमा गिरावट आउने छ । विदेश यात्रामा कठिनाई हुने छ । परिवारबाट हुने सहयोगले केही ढाडस भने दिने छ । सेवाको क्षेत्रमा रहेकाहरुको पेशागत क्षेत्रमा केही पदोन्नति मिल्ने छ ।

अनलाईन बाट साभार

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८४१५२७५१०)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस