आज:  | Mon, 29, Apr, 2024

नागढुङ्गा(सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिदै

३ बैशाख २०८१, सोमबार ०८:३५ मा प्रकाशित ( २ हफ्ता अघि) ३९३ पाठक संख्या
नारी बाटिका


धादिङ- ३ वैशाख ।

नागढुङ्गा(सिस्नेखोला सुरुङमार्गकोे मुख्य सुरुङ आज छेडिदैछ । (सोमबार)मुख्य सुरुङमार्ग (ब्रेक थ्रू) गरिने भएको छ । निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारी अनुसार सोमबार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ ।

धादिङको सिस्नेखोलादेखी चन्द्रागिरि नगरपालिकाको बलम्बु जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ किलोमिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

यस आयोजनाको पूर्ण रुपमा निर्माणको काम सम्पन्न भई दुईतर्फी सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको लागी भएको सम्झौता अनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाख मै निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने थियो।

आयोजनामा तीन वटा अन्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा नै रहेको छ ।

अझै यस सुरुङमार्गभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान,भेन्टिलेसन,लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस