
नारी बाटिका
काठमाडौं -६ वैशख।
आज र भोली बालबालिकालाई भिटामिन ए खुवाइदैछ । सरकारले वैशाख ६ र ७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम राखेको छ ।
प्रत्येक वर्ष भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनासम्मका बालबालिका खुवाईन्छ । साथै जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।
देशभरका करिब ३२ लाख बालबालिका भिटामिन ‘ए’ खुवाईने र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउदै आईरहेको छ ।
भिटामिन ‘ए’ खुवाउने कार्यका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी सम्वन्धित क्षेत्रमा खटाइएको छ । यस कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने तयारी गरिएको छ ।
विगतदेखी नै सरकारले प्रत्येक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गर्दै आएको छ ।







प्रतिक्रिया दिनुहोस