
नारी बाटिका
काठमाडौँ -७ वैशाख।
आज यी चार प्रदेशमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको परेको आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्य सफा नै रहने छ। कोशी प्रदेशको पहाडी भूभागका केही स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
यस्तै देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा भने वर्षासँगै हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज (सुक्रबार) राति पहाडी भू(भागमा आंशिकदेखि साधरणतया बदली रहने छ।
साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ ।







प्रतिक्रिया दिनुहोस