आज:  | Fri, 03, May, 2024

धादिङको खनियाबासमा आरोले घाँटी काटिएको अवस्थामा एक युवक घाइते फेला

८ बैशाख २०८१, शनिबार १९:१६ मा प्रकाशित ( १ हफ्ता अघि) ३१२ पाठक संख्या
नारी बाटिका


धादिङ- ८ वैशाख ।

धादिङको खनियाबासमा आरोले घाँटी काटिएको अवस्थामा एकजना युवा घाईते अबस्थामा फेला परेका छन् । खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक जना युवा फेला परेका हुन् । उनी नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ भएको बताईएको छ ।
.
झार्लाङ गिलिङ्चोस्थित निर्माणाधिन गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीयले बताएका छन्। ‘घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ ।

उक्त घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनु भयो । उहाँले भन्नु भयो पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । त्यसपछी अनुसन्धानबाट थप जानकारी आउनेछ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%५%

प्रतिक्रिया दिनुहोस