आज:  | Tue, 18, Feb, 2025

प्रहरीद्वारा आत्महत्या,आगोलागी, तथा साईवर अपराध र सुरक्षा सम्बन्धी कार्यक्रम

२९ बैशाख २०८१, शनिबार ०९:५८ मा प्रकाशित ( ९ महिना अघि) १४५८ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता

धादिङ – २९ वैशाख ।

  • धादिङ प्रहरीद्वारा आत्महत्या,आगोलागी, तथा साईवर अपराध र सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । समाजमा जनचेतना जगाउने उदेस्यले सुक्रबार साँझ आत्महत्या रोकथाम र आगोलागीबाट बच्न कस्ता उपायहरु अपनाउनु पर्छ भन्ने बारेमा समुदायस्तरमै गएर कार्यक्रमको आयोजना गरिएको हो ।

सुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नं। ३ एमाले चोकस्थित पुछारबजारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख तथा प्र.उपरिक्षक गौतम कुमार केसी,प्र.ना.उ. मकेन्द्र कुमार मिश्र, स्थानिय जनप्रतिनिधी,टोलसुधार समितीका पदाधिकारी लगायतको सहभागितामा कार्यक्रम गरिएको हो

यस्तै यस सचेतनामुलक कार्यक्रममा स्थानिय महिला,पुरुषहरु, बालबालिकाहरु समेत गरी ६० जनाको सहभागितामा आत्महत्या र आगोलागी,साईवर अपराध र सुरक्षा सम्बन्धी सचेतनामुलक वृतचित्र,भिडियो प्रसारण गरिएको थियो ।

पछिल्लो समयमा चुनौतीको रुपमा देखिएको आत्महत्या,आगोलागी, तथा साईवर अपराधका घटनाले समाजमा जोखिम बढाउँदैछ । जसका कारण धादिङ जिल्लामा पनि आत्महत्याका घटनाहरु दिनानु जस्तै हुने गरेको पाईन्छ ।

देशैभरमा हालको समयमा सुचना प्रविधिको विकास संघसंगै साइबर सुरक्षा कायम राख्नमा पनि त्यतिकै चुनौती भैईरहेको अबस्थामा धादिङ प्रहरीद्वारा विगतदेखी नै विभिन्न संघसंस्था,स्थानीय पालिका,प्रहरीका स्थानीय स्तरमा भएका प्रहरी पोष्टहरु लगायतको सक्रियतामा यस्ता चेतनामुलक कार्यक्रमलाई तिब्रता दिई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस