आज:  | Fri, 17, Jan, 2025

सामुदायिक प्रहरी सेवा समितीद्वारा प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम साथमा तस्वीरहरु –

२९ बैशाख २०८१, शनिबार १९:५४ मा प्रकाशित ( ८ महिना अघि) १३४१ पटक पढिएको
नारी बाटिका



बिबियु  नारी बाटिका संवाददाता
धादिङ -२९ वैशाख ।

सामुदायिक प्रहरी सेवा समिती धादिङद्वारा प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक सेवा समिती एवं सामुदायिक प्रहरी सेवा केन्द्र धादिङको शनिबार धादिङवेशीमा आयोजित कार्यक्रममा संस्थाको आजिवन सदस्यहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण कार्य सम्पन्न गरिएको हो ।

सामुदायिक सेवा समितिाका अध्यक्ष होमनाथ रिजालको अध्यक्षता,वागमती प्रदेश नेपाली काँग्रेसका प्रमुख सचेतक एव्रं प्रदेश सांसद गोविन्दप्रशाद लम्सालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक गौतम कुमार केसीको विशेष आतिथ्यता रहेको थियो ।


कार्यक्रममा संस्थापक अध्यक्ष विष्ण कुमार श्रेष्ठ,निवर्तमान अध्यक्ष गोविन्द कुमार श्रेष्ठ,पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको आतिथ्यता रहेको थियो ।

यसैगरी निर्वाचन समितिका संयोजक विश्वराज अधिकारी,निर्बाचन समितीका सदस्य तथा नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती,समाजसेवी विनोदमान श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष तथा अग्रज समाजसेवी विष्णु कुमार श्रेष्ठ र निवर्तमान अध्यक्ष गोविन्दकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।  यसैबिच संस्थामा आवद्ध  ८२ जना आजिवन सदस्यहरु लगायतलाई प्रमाण्पत्र वितरण गरीएको थियो ।

यस संगै विगतमा विभिन्न संस्थाको प्रतिनिधित्व गर्दै समिति रहेर संस्थाका कार्यक्रमहरु सफल बनाउन सहयोग गर्ने प्रहरी कर्मचारी, विभिन्न संघ संस्थाको प्रशंसाको साथ धन्यवाद ज्ञापन गरीएको थियो ।


सामुदायिक सेवा केन्द्रको केही समय अघिमात्रै साधारणसभा तथा समाजसेवी होमनाथ रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको थियो । साथै नव निर्बाचित कार्यसमितीले  विभिन्न उपसमितिहरु गठन गरेको छ भने तिन सदसीय सल्लाहकार समिती समेत गठन गरेको छ । सल्लाहकार समितिमा पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा,समाजसेवी तथा संन्चारकर्मी भगवती उप्रेती र समाजसेवी कृष्णप्रशाद लम्शालहरु रहनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद गोविन्दप्रशाद लम्सालले यस सेवा समितीले विगतदेखी नै धादिङमा


  1. विवादका घटनाहरुमा सहजीकरण गर्दै समाजमा हुने विकृती र विसंगतीको अन्त्य गर्नको लागी निकै राम्रा काम गर्दै आईरहेकोले यस समितीलाई आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

यस्तै कार्यक्रमका विशेष अतिथि समेत रहनु भएका प्रहरी नायव उपरीक्षक गौतम कुमार केसीले नेपाल प्रहरी र समुदाय बिचको सम्बन्ध अपरिहार्य रहेको बताउनु भएको छ ।

संस्थापक अध्यक्ष विष्णु कुमार श्रेष्ले समुदायमा सकरात्मक धारणा फैलाउने काम गर्दा अहोरात्र खटिनु परेपनि आध्यात्मिक रुपमा निकै आनन्द प्राप्त हुने बताउनु भयो ।

   

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%५%

प्रतिक्रिया दिनुहोस