आज: २०८२ फागुन २, शनिबार | Sat, 14, Feb, 2026

 मधेश सरकारलाई अल्पमतमा पार्दै एमालेका ५र माओवादीका २ मन्त्री सरकारबाट बाहिरिए

२०८१ बैशाख ३०, आईतबार मा प्रकाशित ( १ साल अघि) ११४२७ पटक पढिएको
नारी बाटिका


धनुषा ३० वैशाख।

मुलुकको पछिल्लो राजनितिक घटनाक्रम पनि अचम्मैको छ । हालको सत्ता गठवन्धनको प्रमख घटक नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। सत्ता गठवन्धनको प्रमुख हात रहेका एमालेबाट मन्त्री बनेका ५ जनाले आइतबार पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिका हुन्े ।

मधेश प्रदेश सरकारबाट राजीनामा दिनेहरु एमालेका सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखि गृह, सञ्चार तथा कानुनमन्त्री, शत्रुघन सिंह कोइरी,स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जैसवाल शिक्षा तथा संस्कृतिमन्त्री तथा केशव राय स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।

यस्तै यसअघि आजै माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिदै सरकार छोडेको घोषणा गरेका थिए । मधेश प्रदेशमा एमालेका २५ र माओवादी केन्द्रका ९ सांसद थिए । एमाले र माओवादी केन्द्र बाहिरिए पछी मधेश सरकार अल्पमतमा परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस