
नारी बाटिका
गजुरी दुर्घटना अपडेट :
धादिड ५ जेठ ।
धादिडको गजुरीमा मोटरसाइकल ट्रकमा ठक्करबाट दुर्घटना हुदा एकको मृत्यु एक घाईते भएका छन् । सुक्रबार दिउँसो गजुरी गाउँपालिका–१ गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक युवकको घटनास्थल मै मृत्यु भएको हो ।
दुर्घघटनामा परी मृत्यु हुनेमा धादिडको सिद्धलेक गाउँपालिका–६ का अन्दाजी १८ बर्षिय शनि घले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
हिजो (सक्रबार दिउँसो काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घलेको घटनास्थलमै मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडी सवार गजुरी–१ नयाँबजारका अन्दाजी १५ बर्षका सुबिन बराईली गम्भिर घाईते भएका छन्। घाईते सुबिनलाई उपचारको लागि काठमाडौँ पठाइएको र ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले लिएको छ ।








प्रतिक्रिया दिनुहोस