आज:  | Sat, 27, Jul, 2024

समन्वय समिति मातहतको दमौली बजारस्थित सटरमा भीषण आगलागी हुंदा २३ सटर जलेर नष्ट

७ जेष्ठ २०८१, सोमबार ०७:५७ मा प्रकाशित ( २ महिना अघि) १८६ पाठक संख्या
नारी बाटिका


बिबियु नारी बाटिका संवाददाता

दमौली ७ जेठ ।

तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य बजारमा भीषण आगलागी भएको छ। गए राति व्यास नगरपालिका(३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति अं पौने १ बजेदेखि आगलागी भएको थियो ।

सो बजारका मुख्यचोक पसल तथा घरमा आगलागी हुंदा करिब २३ वटा सटरमा संन्चालित २० वटा पसल पूर्णरूपमा जलेर नष्ट भएका छन् । यस आगलागीबाट लाखौँ सम्पत्तिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। करिव तीन घण्टासम्म लागेको आगो निकै प्रयासपछि विहानको करिव पौने ४ बजेतिर पूर्णरूपमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमख एव्ं उपरीक्षकले यस नारी बाटिका अनलाईन खबरलाई जानकारी दिनु भयो ।

तनहुँको जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान करिव ४ बजे आसपासमा आगलागी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोगमा आगो निभाईएको थियो ।

व्यास नगरपालिकाको दमकल आगलागीको सुचना पाउनासाथै आइपुगेको थियो । तर यस दमकल सानो र कम क्षमताको भएकोले सुरुमा यस दमकलको क्षमताले आगो निभाउन नसकेपछी केही समयपछी मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल झिकाई उक्त आगो नियन्त्रणमा लिन सकिएको थियो।

सो क्षेत्रका बजारमा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सटरहरु हुन् भने समन्वय समितीले नै भाडामा लगाइएको थियो। यस स्थानमा विभिन्न व्यवशायीहरुले पसल सञ्चालन गर्दै आएका थिए। साथै सो स्थानमा विद्युत् ‘सट’ भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । साथै आगलागी बारे थप अनुसन्धान र्भइरहेको प्रहरीले बताएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस