आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

एकीकृत समाजवादी पार्टी (एस्)ले संसद गतिरोधको निकासका लागी पहल गर्ने

२०८१ जेष्ठ १०, बिहिबार मा प्रकाशित ( १ साल अघि) १३०४३ पटक पढिएको
नारी बाटिका


काठमाडौं १० जेठ ।

सहकारीको रकम ठगी विषयलाई लिएर पछिल्लो समयमा संसदमा जारी गतिरोधको निकासको लागी नेकपा एकीकृत समाजवादी पार्टीले पहल गर्ने भएको छ।

बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले संसद सुचारु गर्न आफुनो पार्टीले निकास  खोज्न पहल गर्ने निर्णय गरेको हो ।

त्यस कार्यका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) गृहमन्त्री रवी लामिछाने लगायतका नेतासँग संवाद गर्ने प्रचार विभागीय प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भयो ।

दुई महिना अघिदेखी कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गरी सदन अवरुद्ध पार्दै आएको छ।

आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीको दशौं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्ला तहमा पठाउने निर्णय पनि गरेको छ। सचिवालयको अर्को बैठक आगमी जेठ १४ मा बस्ने केन्द्रीय प्रचार विभागले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस