
नारी बाटिका
काठमाडौं १८ जेठ।
पछिल्लो समयमा तराईका जिल्लामा बढेको अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ। उच्च गर्मीकै कारण कैलालीमा एक जनाको मृत्यु समेत भएको छ। मृत्यु हुनेमा कैलालीको कैलारी गाउँपालिका बस्ने इन्द्रबहादुर राना मगर रहेको इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दले जानकारी दिनु भयो ।
बर्दियाबाट कैलालीको मसुरिया बजार झरी मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुबाको साथमा यात्रामा रहेका थिए। रानाको अत्यधिक गर्मीले हृदयघात भई मृत्यु भएको प्रहरीले जनाएको छ।छ।
पछिल्लो केही दिनयता पश्चिम तराईको बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। बिहीबार यी जिल्लाहरुको तापमान ४० देखि ४४ डिग्री सम्म पुगेको थियो । यसरी अत्याधिक गर्मी बढेसंगै जनजीवन अस्तव्यस्त बनेको हो।
यस्तै बिहिबार काठमाडौं उपत्यकाको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनु भयो। विगत केही दिनदेखि काठमाडौंको तापक्रम पनि बढ्दै गइरहेको उहाँले बताउनु भयो। यस्तै बिहिबार धादिङ लगायत पहाडी भेगमा पनि अत्याधिक गर्मी बढेको थियो ।
मौसमविद् मानन्धरका अनुसार– ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्न सक्ने उहाँले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस