आज:  | Sat, 27, Jul, 2024

आजकै दिनमा राजा वीरेन्द्रको वंशनाश भएको २३ वर्ष पूरा, हत्याकाण्ड अझै रहस्यमै

१९ जेष्ठ २०८१, शनिबार ०८:०९ मा प्रकाशित ( १ महिना अघि) १९८ पाठक संख्या
नारी बाटिका


काठमाडौं १९ जेठ ।

नेपालको लागी कालो दिन आजकै दिनमा वीरेन्द्र राजाको वंशनाश भएको थियो । २०५८ साल जेठ १९ गते सुक्रबार बेलुकी राजदरबारभित्र अकल्पनीय रुपमा नारायणहिटी दरबारमा भएको हत्याकाण्डको २३ वर्ष पूरा भएको छ। आजकै दिनमा उक्त समयमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशसको सर्वनास भएको थियो।

राजदरवारभित्र हरेक शुक्रबार बेलुकी हुने गरेको पारिवारिक जमघटका क्रममा त्यस घटना घटेको थियो। उक्त घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्गविक्रम पनि सोही घटनामा मारिएका थिए।

नारायणहिटीभित्र भएको त्यस हृदयीविदारक हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको​ संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

‘प्रतिवेदनमा आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो।

तर आजसम्म पनि यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। सबैलाई मायाँ गर्ने दुख बुझ्ने तथा उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएसंगै नेपालमा राजतन्त्र पनि धेरै समय टिक्न सकेन। राजा विरेन्दको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र पनि जोगाउन सकेनन्।

२०६२/०६३ मा सडकदेखी गृरहीसम्म सडकमा झरेर गरिएको बृहत जनआन्दोलन मार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै नेपालमा राजतन्त्रको अन्त्य थियो । अहिले दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरी सर्वसाधरणहरुको राजदरवार घुम्ने गन्तव्यको रुपमा परिणत गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस