आज: २०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

गृहमन्त्री लामिछाने र जीबी राईविरुद्ध ६४ करोड अवैधरुपमा लगिएको आरोपमा प्रहरीमा जाहेरी

२०८१ अषाढ ७, शुक्रबार मा प्रकाशित ( २ साल अघि) १६९८३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ७ असार ।

गृहमन्त्री रवी लामिछाने र जीबी राईविरुद्ध काठमाडौँ प्रहरीमा जाहेरी परेको छ । गृहमन्त्री लामिछाने र राईविरुद्ध काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा सारिएको भन्दै त्यसका तत्कालीन प्रबन्ध निर्देशक एवं हालका गृहमन्त्री रवि लामिछाने र नेटवर्कका अध्यक्ष जीबी राईविरुद्ध बिहिबार जाहेरी दर्ता भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाक सेवा मार्फत युवराज पौडेलले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका हुन्। पौडेलले पठाएको जाहेरी हिजो दर्ता भएको निस्सा आफूले प्राप्त गरेको पौडेलले जानकारी दिएका थिए।

उनीहरु विरुद्ध परेको जाहेरीमा सहकारी ऐन २०७४ विपरीत राई र लामिछानेलाई सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६४ करोड रुपैयाँ अवैधरुपमा लगेको उल्लेख गरिएको छ।

उनीहरूमाथि तत्काल छानबीन अघि बढाउनुपर्ने माग गरिएको छ। पौडेलले सामाजिक सञ्जालमा समेत उक्त कुरा सार्वजनिक गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस