
नारी बाटिका
काठमाडौं १३ असार ।
अहिले विहानीको समयमा बागमती र मधेश प्रदेशको एक(दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ। यसैगरी आज दिउँसो देशभर साधरणतयादेखि पूर्णतया बदली रहने छ। आज देशका धेरै स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
जस अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
बिहिबार (आज)राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ। जसका कारण राति पनि देशभर स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा साथै एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
भारी वर्षाका त्यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पुवानुमान महाशाखाले सुझाव दिएको छ।








प्रतिक्रिया दिनुहोस