
नारी बाटिका
काठमाडौं २२ असार ।
केही दिनदेखी अविरल वर्षा भएसँगै वि.पी.राजमार्गमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ नर्के, चारसय बेसीको विभिन्न ठाउँमा पहिरो जाँदा सो क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
पहिरो गई सडक अवरुद्ध भएका स्थानहरु जनबिजयमंगल मा.बि.स्कुल अगाडि, सोही वडा नं.११ कालढुङगा र सोही वडा नं.१२ माम्तिस्थित वि.पी.राजमार्ग खहरेखोलाबाट लेदो आई सड्क अबरोध भएको प्रहरीले जानकारी दिएको छ ।
सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै यात्रामा निस्केका सवारी र यात्रुहरु बाटोमै अलपत्रप परेका छ्न् । पहिरोले सडक अवरुद्ध भएपछी उक्त स्थानमा जेसिभीबाट लेदो पन्छाएर बाटो खुलाउने काम भैरहेको छ। लेदो आउने क्रम जारी रहेकोले पन्छाउने कार्य गर्दै बाटो सुचारू गर्नमा प्रयास भईरहेको छ ।








प्रतिक्रिया दिनुहोस