आज:  | Thu, 18, Jul, 2024

अविरल वर्षाको कारण पहिरोले वि.पी.राजमार्गमा अवरुद्ध

२३ असार २०८१, शनिबार ११:३३ मा प्रकाशित ( १ हफ्ता अघि) १६१ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ असार ।

केही दिनदेखी अविरल वर्षा भएसँगै वि.पी.राजमार्गमा आएको पहिरोले सडक अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ८ नर्के, चारसय बेसीको विभिन्न ठाउँमा पहिरो जाँदा सो क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

पहिरो गई सडक अवरुद्ध भएका स्थानहरु जनबिजयमंगल मा.बि.स्कुल अगाडि, सोही वडा नं.११ कालढुङगा र सोही वडा नं.१२ माम्तिस्थित वि.पी.राजमार्ग खहरेखोलाबाट लेदो आई सड्क अबरोध भएको प्रहरीले जानकारी दिएको छ ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै यात्रामा निस्केका सवारी र यात्रुहरु बाटोमै अलपत्रप परेका छ्न् । पहिरोले सडक अवरुद्ध भएपछी उक्त स्थानमा जेसिभीबाट लेदो पन्छाएर बाटो खुलाउने काम भैरहेको छ। लेदो आउने क्रम जारी रहेकोले पन्छाउने कार्य गर्दै बाटो सुचारू गर्नमा प्रयास भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस