
नारी बाटिका
दोलखा – ५ साउन ।
शक्तिशाली एव्ं प्रसिद्ध दोलखा जिल्लामा अवस्थित भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । आज दिउँसो १ः४७ बजेदेखी शीलाको बाँयापट्टी पसिना आउन सुरु भई ३ः५१ बजे रोकिएको थियो । आज (शनिवार) दिउँसो दुुई घण्टा पसिना आएको छ । देशमा कुनै अप्रिय घटना घ६्नु छ भने दोलखाको भीमेश्वर मन्दीरको मुर्तीमा पसिना आउँछ भन्ने जन विस्वास रहेको छ ।
यसरी आजफेरी भिमेश्वर मुर्ती(शिला)मा पसिना आएपछि ठूलो संख्यामा स्थानीय भक्तजनहरु भेला भएका थिए । उनीहरुले ठूलो आवाजमा घण्टा, नगरा बजाएका थिए भने मन्दिरका पुजारी तथा समितिका मानिसले शीलाको पसिना कपासले पुछेका थिए । त्यसैगरी परम्परा अनुसार तान्त्रिक विधिबाट शिलामा पूजा आरधना समेत गरिएको मन्दीर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
शिलामा पसिना आएपछि तान्त्रिक विधिबाट पूजा नगरी पसिना रोकिँदैन भन्ने पुरानौ जनविश्वास रहेको छ । शनिवार पनि भीमेश्वर मन्दिरमा तान्त्रिक विधिबाट पूजा गरेपछि पसिना आउन रोकिएको थियो । परापुर्व कालदेखी तथ्य मानिएको भीमेश्वरको शिलामा दायाँ पट्टी पसिना आउँदा राष्ट्रप्रमुखलाई असर गर्ने र बाँया पट्टी पसिना आउँदा जनतालाई असर गर्ने जनविश्वास रहदै आएको छ ।
शिलामा पसिना आउँदा शुभ या अशुभ दुबै खाले प्रभाव पर्न सक्ने स्थानीय जेष्ठ नागरिकहरुको भनाई छ । शिलामा आएको पसिना पुछेको कपास साथमा राख्दा रोगव्याधी नलाग्ने, यात्रा सफल हुने, मनोकाङ्क्षा पुरा हुने जनविश्वास पनि रहेको छ । त्यसैगरी शिलामा पसिना आएपछि उक्त पसिना पुछेको कपास राष्ट्र प्रमुखकोमा पठाउने र राष्ट्रप्रमुखको तर्फबाट क्षमापुजा गर्ने प्रचलन समेत रहेको छ ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वरको शिलामा अहिलेसम्म २१ पटक पसिना आईसकेको स्थानियवासीको भनाई छ । पछिल्लो पटक २०७८ बैशाख २५ गते भीमेश्वरको शिलामा पसिना आएको समितिका अध्यक्ष भरत श्रेष्ठले बताए ।
त्यसअघि भीमेश्वरको शिलामा १९९०, २००७, २०२८, २०४५, २०६३, २०७१, २०७४ मा पनि यसैगरी पसिना आएको थियो।








प्रतिक्रिया दिनुहोस