
नारी बाटिका
काठमाडौं ९ साउन ।
त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य जहाजबाट चार जनाको शव निकालिएको छ । उक्त विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रम जारी छ ।
जहाज दुर्घटनापछि उद्धार कार्य जारी छ । उक्त विमान दुर्घटनाले अन्य विमानहरूलाई भने क्षति पुर्याएको छैन ।
बुधबार विहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।
चालक दलका सदस्य सहित १९ जना रहेको प्रवक्ता ठाकुरको भनाइ छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । नजिकका घरहरूमा पनि क्षति पुगेको छैन ।








प्रतिक्रिया दिनुहोस