
नारी बाटिका
काठमाडौं १० साउन ।
पछिल्लो समयमा देशको निजामती सेवा क्षेत्रमा महिला मुख्य सचिवमा नियुक्त गरेको छ । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।
यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बन्न सफल हुनु भएको छ । उहाँलाई असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।
यसअघि तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते गड्तौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो । छोटो समयको लागी भएपनि पहिलो पटक देशको निजामती सेवा क्षेत्रमा महिलालाई मुख्य सचिव जस्तो गरिमापय पदको जिम्मेवारी ििदएर सरकारले लैंगिक विभेद माथीको शोषणलाई चिर्न खोजेको महिलाअधिकारकर्मीहरुको भनाई रहेको छ ।
गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनु हुनेछ । उहाँ उमेरहदका कारण अवकाश लिँदै हुनुहुन्छ ।








प्रतिक्रिया दिनुहोस